काठमाडौं, २३ साउन ।  बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो निभाउन हेलिकप्टरको प्रयोग गरिएको छ । काठमाडौंस्थित बालाजु औद्योगिक क्षेत्रमा राति दुई बजेदेखि लागेको आगो निभाउन हेलिकप्टरबाट पानी खन्याउने काम भइरहेको छ ।

2021-08-07 (13)

 

अनेक प्रयासका बाबजुत पनि आगो निभाउने प्रयास सफल भएको छैन ।

 

काठमाडौँ महानगरपालिका–१६ मा पर्ने औद्योगिक क्षेत्रको बिस्कुट उद्योगमा आगो लागेको हो ।

आगो निभाउन दमकल, पानी ट्यांकरको पनि प्रयोग भइरहेको छ ।