काठमाडौं,२३ साउन । काठमाडौं– नेकपा एमालेका सचिव, पूर्वमन्त्री एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईलाई मातृशोक परेको छ ।

उहाँकी आमा महेन्द्रादेवी भट्टराईको आज ९५ वर्षको उमेरमा काठमाडौंमा निधन भएको हो । उहाँलाई केही दिनअघि कोरोना पुष्टि भएको थियो ।