आफ्नो फुलावारी गोडमेल गरेर
काम नलाग्ने झारपात उखलेर फ्याक्दै
बिरुवामा मलजल गरेर सुन्दर बनाउन
म आफै लागि परेको छु सुन्दर देखाउन ।बगैंचा सुन्दर हराभरा बनाउन जहाँ पनि
गोड्मेल गरेर काटछाट गरिरहनु पर्छ
झ्यासले बिरुवा छोप्यो भने मान्छेका आँखा
लोभिएर रंगीचंगी फुलको दृश्यपान गर्दैनन् ।![]()
बगैचामा रंगिबिरंगी फुलहरु फुल्न देउ
बिचारमा होड हुन देउ भन्थे माओ युगमा
अहिले बगैचामा फुलहरु होइन बेथितिमा
नेता भ्रष्टाचारमा होडबाजी गर्दैछन् आज।अहिले गुराँसमा गुलाफ फुलाउन खोज्छन्
प्लास्टिकको फुल सजाएर वास्नामय चमेली
अत्तरको आशा राख्छन् बुज्रुकहरु काइते
गोठको सोतरलाई महलमा राख्न मिल्छ र?सर्बहारा सधै हारेकै हुन्छ सर्बजित हुदैन
जो त्यो नाम बेचेर माथी पुग्छ फर्केर हेर्दैन
मैले मेरो बगैचा गोड्ने सूचना गरे
भागेछ्न् आफ्नै कति
साथी भन्ने शब्दकै अपमान गरेर
बिगारे आफ्नो मति।
अब साथिभाई बिचार मिल्ने एक हुनुपर्छ
मति बिग्रेका संग बेलैमा छुट्नु पर्छ।-कवि देवराज कार्की"मिलन"
मेमोरी बाट आज




















