✍️ सुभाषचन्द्र देवकोटा 

धेरै दिन पछि !
जीर्ण नायक फेरी देखापर्यो!
तर!
यस पटक उ बार्दलीमा नभएर
संसदको रोस्टममा देखापर्यो !
**
रोस्टमा उभिएर,
उसले घाँटी तन्कायो!
चारैतिर आँखा घुमायो!
**
हिजोसम्म भव्य लाग्ने
सभा हल!
आज उसलाई फिका लग्यो!
***
त्यहाँ !
जयजकार गर्नेहरू थिएन् !
***
उसले !
मुर्झाएका केही!
आशामुखिहरु देख्यो !
उसको मन चसक्क भयो !
***
मन मनै विगत सम्झियो !
लावालस्कर सम्झियो !
जयजकार सम्झियो !
आफैलाई धिक्कार्यो !
***
इतिहासले!
दुत्कारेको जीर्ण नायक!
आज कमजोर थियो!
उत्साही थिएन!
***
नायकको वैराग्यता देखेर!
आशामुखीहरू हच्किए!
मन नलागि नलागि !
टेबुल ठोकेर स्वागत गरे!
*
टेबुलको आवाजले!
नायक झस्कियो!
अलिकति समालियो!
कोट तानतुन पार्यो!

वोल्न थाल्यो!
***
तर
वोलीमा सात्विकता थिएन!
कुण्ठा र दम्भ थियो !
रस थिएन निरासा थियो!
***
यसपटक! नायकले!
रोस्टममा उभिएर!
चुच्चे रेलको कुरै गरेन!
महासागरमा कुद्ने पानी जहाजको गफ लगाएन!
व्यपार घाटाले देश झुल्सिएको कुरा गरेन!
***
उसले !
मेलम्ची उद्धघाटको कुरा गर्यो!
तर,मेलम्चीका योजनाकार कृष्ण प्रसाद भट्टराई थिए भन्ने विर्सियो!
****
धरहाराको बखान गर्यो!
तर,धरहराको जगमा भिमसेन थापाको तिहास छ भन्ने हेक्का गरेन!
**
रानी पोखरीको कुरा गर्यो,
तर!प्रताप मल्लको स्मरण गर्न बिर्सियो!
***
नायक!
देशभक्तिले भक्कानियो!
तर
महाकालीमा भएको राष्ट्रघातको कुरा गरेन !
चुच्चे नक्सा सहितको पुस्तक, वितरणमा लगाएको रोकबारे चुइक्क वोलेन!
विदेशी गुप्तचरसँग भेटर के के कुरा भए त्यो पनि भनेन!
****
दम्भी नायकले
बारम्बार!
अरुमाथि औलो ठड्यायो!
तर!आफनै कारण अक्सिजन र भेन्टिलेटर नपाएर!
मरेका जनता प्रति एक शब्द वोल्न उचित ठानेन!
****
उसले!ओम्नी कमिसनको कुरा पनि भनेन !
वाइड बडी जहाजको कुरा पनि निकालेन !
प्रेस खरिद र कमिसन पनि सम्झेन!
व्यपारिलाई देशको सम्पत्ति कौडीको भाउमा दिएको कुरा नि गरेन!
****
बरु उल्टै बिछिप्त नायक!
रोस्टम मै चिच्यायो!
खवरदार!!!!
हामीले गरेको अनियमिताबारे
बोल्न पाइने छैन!
जाँच बुझ गर्न पाइने छैन!
कसैले हिम्मत गरे!
आगो झोसिने छ!
सरकारको!
सिङ्ग भाचिने छ!
***
अन्त्यमा!
जीर्ण नायकले
आफू हुरी जस्तै पुन: फर्केर आउने उद्धघोष गर्यो!
यस्तो उद्धघोष सुनेर!
आशा मुखीहरुले
थपडी बजाए !
मुख मिठ्याए!
**
यति भनी सके पछि!
जीर्ण नायकले
आफ्नो मन्तब्य सकायो!
र लामो सास फेर्यो!
आशा मुखीहरुले
टेबल ठोके...
***
भनिन्छ!
आज पर्यन्त!
जीर्ण नायकले !
सत्ता सपना देख्न
छोडेको छैन!
*****