विद्यालय बचाउ अभियानको नाममा विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग गैरकानुनी रुपमा रकम उठाउँदै हिड्ने सर्लाही हरिपुर नगरपालिका–२ घर भएका ३२ बर्षीय बीरेन्द्र कुमारलाई प्रहरीले पक्राउ गरेको छ।
बिगत केही समयदेखि बीरेन्द्रले बारा कोल्हवी एरिया अन्तर्गतमा रहेका विभिन्न सरकारी तथा गैह्रसरकारी स्कुलहरुमा कार्यरत शिक्षिकाहरुसँग ‘सेभ द स्कुल’ को नाममा शैक्षिक सामाग्रीहरु किनबेच गर्ने, तालिम संचालन गर्ने र वृजकोर्स गराउने जस्ता योजना सुनाई रकम उठाउँदै ठगि गरेको भन्ने सूचनाका आधारमा प्रहरीले उनलाई कोल्हबी नगरपालिका–३ स्थित नेपाल राष्ट्रिय प्राथमिक बिद्यालय, जुअवाकटृी अगाडिबाट पक्राउ गरेको हो।
बीरेन्द्रको साथबाट रकम उठाउनको लागि प्रयोग गरिने ‘सेभ द स्कुल’ लेखिएको रसिदको ठेली १ थान र ‘बिद्यालय बचाउ अभियान’ लेखिएको ठेली २ थान समेत प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका कुमारलाई ठगी मुद्दा शीर्षकमा बारा जिल्ला अदालतबाट ५ दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनएको छ।


