बिराटचोक ,३२ साउन । मोरङको बेलबारी –५ कसेनीकाे लोहन्द्रा खोलामा करीव ११ महिना अघि भएको हत्याकाण्डका प्रमुख नाइके पक्राउ परेका छन ।कसेनिका स्थनीय युवा चन्द्रकुमार राईलाइ धारिलो हतियार प्रहार गरि हत्या गरेको अभियोगमा मुख्य आरोपी कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो ।
२०७७ भदौ १२ गते लोहन्द्रा खोलामा सामूहिक झैझगडामा परी घाइते भएका राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । केके उपनामले चिनिने हत्या आरोपी चौधरीलाई मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले शनिबार पक्राउ गरेको हो । सुनसरीको दुहबीमा बस्दै आएका चौधरीलाई सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीमा पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिए । उक्त घटनामा संलग्न भएको आरोपित ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।
प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र थुलुङ राईलाई प्रहरीले पक्राउ गरेको थियो ।




















