सन्तोष सिंह ठगुन्ना
आज भन्दा ५ वर्ष अगाडि (०७३ असार ६ ) अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम विस्फोटमा परि १२ जना नेपाली सुरक्षाकर्मीले ज्यान गुमाए , त्यतिबेला काबुलको आकाशमा उड्न अनुमति लिन पर्थ्यो ओली नेतृत्वको सरकारले नेपाली राजदुत देखि अफगानी सरकारसँग विशेष कुटनीतिक पहल गर्यो र उड्ने अनुमति पायो ।
त्यसपछि नेपालीको शब नेपाल ल्यायो । तर आज तालिवानी विद्रोहीले अफगानिस्तानको मुख्य मुख्य शहर आक्रमण गर्दै गएका छन त्यहाँ हुने नेपालीको जीवन संकटमा परिसक्यो परमादेशी सरकार अनलाइन फर्म खोलेर बसेको छ ।
- २ वर्ष अगाडि चिनको बुहानमा नेपालीको जीवन नै संकटमा पर्यो , ओली नेतृत्वको सरकारले तिनै संकटमा परेका नेपालीलाई स्वदेश ल्याई नेपालीको जीवन रक्षा गर्यो ।
महाकाली नदिमा भारतीय सिमा सुरक्षा बलले तुईनको डोरी काटेर नेपालीको ज्यान गयो , केपी ओली प्रधानमन्त्री भएको भए नरेन्द्र मोदिसँग सिधै कुरा भैसकेको हुन्थ्यो तर परमादेशी देउवा सरकार अहिलेसम्म सत्य कुरा बोल्न सक्दैन । जब देश दुख्छ त्यतिबेला केपी संझन्छन जनता । जब नेपाली संकटमा पर्दछन त्यतिबेला केपी ओली नै संझन्छन जनता ।


