नुवाकाेट,३२ साउन। युवासंघ नेपाल वागमति प्रदेश कमिटिकाे आयाेजनामा काेभिड १९ काे डेल्टा भेरियन्ट विरुद्ध जनचेतना कार्यक्रम सम्पन्न भएकाे छ।

युवासंघ नेपाल वागमति प्रदेश कमिटिकाे आयाेजना तथा जिल्ला कमिटिकाे संयाेजनमा उपत्यका लगाएत दशैवटा जिल्लाका सदरमुकामहरुमा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएकाे हाे। युवासंघ नेपालका उपाध्यक्ष तथा संगठन विभाग प्रमुख नितेश पाैड्यालले काठमाडौंकाे रत्नपार्कमा एक कार्यक्रमका विच उद्घाटन गर्नु भएकाे जनचेतना कार्यक्रम काठमाडौंकाे ३ स्थान, ललितपुर, भक्तपुरका २/२ स्थान र प्रदेशका सवै जिल्ला सदरमुकामहरुमा काेभिड सम्बन्धित सुचना प्रदान कार्यक्रम सम्पन्न भएकाे छ।

received_199948882163296 (2)

कार्यक्रममा भाैतिकदुरि कायमगर्दै काेभिड १९ डेल्टा भेरियन्ट वाट जाेगिन अनुराेध गर्दै मास्क लगाउन अनुराेध गरिनुका साथै मास्क समेत वितरण गरिएकाे युवासंघ नेपालका उप-महासचिव तथा प्रदेश कमिटी ईन्चार्ज राेशन थापाले जानकारि दिनुभयाे।

received_1010767066364687 (2)

त्यस्तै, नुवाकाेटकाे सदरमुकाम विदुरमा पनि युवासंघ नेपाल नुवाकाेटकाे संयाेजनमा जनचेतना कार्यक्रम सम्पन्न गरिएकाे छ। कार्यक्रममा मास्क वितरण गरिएकाे जिल्ला संयाेजक शुरेस अधिकारिले वताए।

received_233576601862414 (2)

कार्यक्रममा युवासंघ नेपालका केन्द्रीय सदस्य दिपेश लाल चित्रकार,पिपुल्स भाेलिन्टियर्सका संयाेजक जीवन आलेमगर (श्री) लगाएतका नेता कार्यकर्ताकाे उपस्थिति रहेकाे थियाे। एकीकरण बाट 

received_3977545789022787 (2) 2021-08-16 (32) received_1569721226531596 (2)

received_371934191106929 (2) received_376928440479932 (2)