भारतको अन्तरिक्ष एजेन्सीले आगामी सेप्टेम्बरमा चन्द्रमामा पठाउने अन्तरिक्ष यान सार्वजनिक गरेको छ।

चन्द्रयान–२ अभियान अन्तर्गत भारतले दोस्रोपटक आफ्नो राेवाेटिक अन्तरिक्ष यान चन्द्रमामा पठाउन लागेको हो।

यसअघि सन् २००८ मा चन्द्रयान–१ अभियान अन्तर्गत अन्तरिक्ष यान चन्द्रमामा पठाएको थियो। तर उक्त यान चन्द्रमामा पुग्न सकेन।

यदी अभियान सफल भए अमेरिका, तत्कालिन सोभियन युनियन र चीनपछि भारत चन्द्रमामा अन्तरिक्ष यान पठाउने चौथो मूलुक हुनेछ।

यस अभियान अन्तर्गत चन्द्रमामा पुगेको रोवोटले चन्द्रमाको जमीन, खनीज, पानी तथा त्यहाँको धातु निर्माण प्रक्रियाको बारेमा जानकारी संकलन गर्नेछ।

भारतका अनुसार यदी अभियान सफल भए आफ्नो यानले आगामी सेप्टेम्बरसम्म चन्द्रमाको दक्षिण ध्रुवमा पुगेर अध्ययन सुरु गर्नेछ।

रोवोटिक यानले १४ दिनसम्म चन्द्रमाको अध्ययन गर्ने बीबीसीले जनाएको छ।