काठमाडौं,१ भाद्र । नेकपा एमाले युवा नेता राम प्रसाद रिजालले माधव नेपाल पक्षका भीम रावल,योगेश भट्टराई लगाएतका कार्यदलका सदस्य हरुले नै एमाले पार्टी फुटाएको आरोप लगाएका छन् । नेता रिजालले अनलाइन सगरमाथा संगको कुराकानीमा कार्यदलका अधिकांस सदस्यहरु ओलीको लम्पसार परी पार्टीलाई विधिः विधानमा हिडाएर बलियो बनाउने भन्दा पनि पार्टी एकताको नाममा ओलीसंग व्यक्तिगत डिलिङ्ग गरेको आक्रोश पोखे ।

वार्तालाई पार्टी एकता भन्दा आफ्नो व्यक्तिगत मनोकांक्षा पुरा गर्न नेपाल पक्षका कार्यदलका सदस्य हरु लाग्दा ओलीलाई पार्टी विभाजन गर्न झन हौसाएको उनको आरोप छ । ओलीले पार्टी एकता नगर्ने मनशायले एक पक्षीय ढंगले महत्वपूर्ण निर्णय गरी माधव नेपाल र झलनाथ पक्षलाई एमालेमा छिर्ने झ्याल ढोका नै बन्द गरेर एमाले विभाजन तिर लागेको बताए ।

हिजो ओली संग एकता गर्नु हुदैन भनेर चर्को चर्को भाषण गर्ने हरूले ओली संग आज त्यसरीनै कुरा गर्न सकेको भए एमाले भाद्र महिना नलागी नै एकता भैसक्थ्यो नेता रिजालले भने । असंवैधानिक तरिकाले संसद विघटन गरेपछि ओलीले प्रधानमंत्री पद त्यस बेला छोडेको भए एमाले त के नेकपानै आज सिङ्गै हुन्थ्यो' ।

त्यसोभएकोले ओलीले एमालेको एकता साच्चै नै चाहे को हो भने ओलीले नैतिकता को आधारमा एमाले अध्यक्ष मात्र होईन राजनीति बाटै विश्राम लिनु पर्छ रिजालले भने । तर ओलीलाई यत्रो कम्युनिस्ट पार्टी धुजा धुजा बनाएकोमा कुनै पश्चाताप गल्ती ओलीले महशुश नगरी ओली अझै अहंकार को बलमा उल्टो दिशामा हिडेकोले ओली एमाले पार्टी मा रहुन्जेल एमाले एकता हुनै सक्दैन भन्दै नेता रिजालले ठोकुवा गरे ।