पथरी,१८ भदौ ।मोरङको पथरी शनिश्चरे नगर उपप्रमख यमुना विष्ट वास्तोलाले नगरको विकासका लागि सहकारी संस्थाको भूमिका महत्वपूर्ण रहने वताउनु भएको छ ।

झापाको दमकस्थित कंचनजंघा बहुउद्धेश्यीय सहकारी संस्थाले आज पथरी बजारमा स्थापना गरेको आफ्नो चौथो शाखाको उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै उपप्रमुख वास्तोलाले सो कुरा बताउनु भएको हो ।
उहाँले नगरमा आएको सहकारीको शाखाले स्वच्छ रुपमा सहकारी अभियान सञ्चालन गरेर नगरको हितमा काम गर्न शुभकामना प्रदान गर्नुभयो ।

241084524_984948995414264_6599537028975501372_n (2)

सहकारीका केन्द्रीय अध्यक्ष मणिकुमार भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहकारी अभियन्ता विनादेवी राई सहितले मन्तव्य व्यक्त गर्नुभयो । ०५६ सालमा स्थापना भएको सो सहकारीको हाल ६८ करोड ६० लाखको बजेट तय गरेको छ ।