इटहरी / इटहरीमा मिस ब्यूटि आइकन २०१९ हुने भएको छ । स्थानिय स्तरमा रहेका क्षमतावान युवतीहरु भित्र रहेको प्रतिभा प्रस्फुटन गर्ने उदेश्वले आगामी साउन २४ गते ब्यूटी आइकन हुने आज आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।

आयोजक एम के फोटोग्राफीका अनुसार ब्यूटी आइकनको लागी असार ७ गते पहिलो र असार १४ गते दोस्रो अडिसन सुरु हुने छ । अडिसनबाट जम्मा २५ प्रतिष्पर्धी छनौट गरिने संयोजक महेन्द्र दाहालले जानकारी दिए । अडिशनबाट छानिएकाहरुका लागी असार २२ गते तालिम प्रदान गरिने दाहालले जानकारी दिए ।

तालिम पश्चात आयोजना हुने ब्यूटीआइकनमा प्रथम हुनेले ५० हजार नगद पुरस्कार पाउदा दोस्रो र तेस्रो हुनेले ३० हजार र १५ हजार सहित गिफ्ट ह्याम्फर पाउने छन । बिधागत रुपमा उत्कृष्ट हुने प्रतिष्पर्धीहरुलाइ जनही नगद ५ हजार पाउने दाहालले जानकारी दिए ।