काठमाडौं,२७ भदौ । नेपाल कम्युनिस्ट पाटि एकीकृत समाजवादी निकट नेपाल खेलकुद महासघ काठमाडौको जिल्ला कमिटीमा हरि महर्जनको अध्यक्षतामा ७५ सदस्यीय कमिटी गठन भएको छ । शनिबार मिनभवन क्याम्पस बानेश्वरमा खेलकुद महासघ केन्द्रिय सचिवालय सदस्य तथा काठमाडौं जिल्ला ईन्चार्ज केशब श्रेष्ठको अध्यक्षतामा बसेको बिस्तारित बैठक बाट उपाध्यक्षहरुमा राजु श्रेष्ठ ,राजकुमार सुनार बिजय राना, बालजी खाती, सचिवमा विष्णु भट्टराई,सह-सचिवमा बिनोद श्रेष्ठ कोषाध्यक्षमा संगीता तिमिल्सिना श्रेष्ठ लगायत सदस्यहरु चयन गरेको हो ।

नव गठित कमिटीलाई बधाई तथा सुभकामना ब्याक्त गर्दै बैठकका प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद जिवनराम श्रेष्ठले नेपालका कम्युनिस्ट आन्दोलन जोगाउन नयाँ पाटि गठन गरेको र के पि ओलीबाट कम्युनिष्ट आन्दोलन जोगाउन नसकेको बताए । त्यसैगरी कार्यक्रमका अतिथि राखेप का पुर्व सदस्य सचिव केशव विष्टले अब खेलकुद महासघ नयाँ ढङ्गले अघि बढने र आन्दोलनको रक्षा गर्ने को लागि नयाँ नेकपा एकीकृत समाजवादी कम्युनिष्ट पार्टी स्थापना भएको बताए ।





















