✍️  राधाकृष्ण देउजा

यो तस्विर एमालेका केहि नेताहरुको हो जसमध्यका केहि त हालको एमालेको हर्ताकर्ता नै भए , सिधै भन्दा विभाजनका सरदार हरु ! यो तस्विर हेर्दै गर्दा मलाइ चाहिं यो एमालेको असत्य वर्तमान र सहि भविश्य लागेको छ । किनकि हिजो देखि बसेको जगको कारण एमाले संग नेताहरु पछाडीको खाली कुर्सी भर्न पुग्ने कार्यकर्ताहरु अझै छन ।

तर पार्टी कार्यकर्ताले मात्रै वा सदस्यहरुले मात्रै चल्दैन अनि जव चल्दैन तव पार्टी संग सदस्य र कार्यकर्ता नरहने पक्का हुन्छ । आजको एमाले अर्थात केपी ओलीको हालीमुहाली मात्रै चल्ने एमाले , केपीले जे बोल्यो त्यही मात्रै हुने एमाले संग इतिहास देखि बन्दै आएर अहिलेसम्म एमाले नछोडेका सदस्य र कार्यकर्ताको पंक्ति त छ तर उ संग सहि र सम्मानित नेतृत्व छैन ।

226114342_300519921763085_1073385508703362144_n (2)

एमालेको हालको नेतृत्वले सहि नीति बनाउने त कता कता भएको नीति कार्यान्वयन गर्ने चाहा समेत राख्दैन भन्ने जनताले बुझी सकेको छ । लोकतन्त्र , संवैधानिक सर्वोच्चता सहितको कानुनि राज र सुशासनलाइ निरन्तर भत्काउने मात्रै काममा सहभागी एमाले नेतृत्वको कारण अबको केहि समयमा एमाले तस्कर , भ्रष्ट , विचौलियाको मात्रै पार्टी हुने देखिन्छ ।

\त्यसो हुँदा एमालेमा रहेका इमान्दारहरु आफु जहाँ हुनुपर्ने हो त्यहीं पुग्छन , जनताको समर्थन शुन्य हुनेछ अनि हालत पतला हुने पक्का । एमालेले कोर्स करेक्सन गर्ने आशा पनि कमसेकम अहिलेलाइ व्यर्थ छ । माया त लाग्छ तर अव हुने त यस्तै हो एमाले , तस्विरमै जस्तो । केहि नेता , नो कार्यकर्ता अनि जनताको त कुरै नगरौं ।