बेलबारी,४ भदौ। नेकपा एकीकृत समजवादीको भातृ संगठन युवा संघ बेलबारी नगर कमिटीले खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । सोमबार पुरानो बेलबारीमा भएको उक्त रक्तदान कार्यक्रममा ७० जना व्याक्तिहरुले रक्तदान गरेका छन ।
कोरोना सङ्क्रमणका कारण देशभर रगत अभाव भइरहेको बेला रक्तदान कार्यक्रम आयोजना गरिएको युवा संघ बेलवारी नगर कमिटीका अध्यक्ष हेमन्त गुरुङले बताए ।
यस्तै युवा संघ नगर सचिव कमल घतानीले रगत अभावका कारण कुनै पनि व्यक्तिले ज्यान गुमाउन नपरोस् भनेर रक्तदान कार्यक्रम गरेको बताए। बेलबारीमा बिगतमा भएको रक्तदान कार्यक्रममा भन्दा युवा संघले आयोजना गरेको आजको कार्यक्रममा रक्तदान गर्नेको संख्या धेरै भएको बिराटनगरको ब्लड बैंकबाट आएका प्राविधिक टोलीले बताए । युवाहरुले आफ्नो कमिटी निर्माण गरेको हप्ता दिन नबित्दै भव्यरुपमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
बेलावारीको पुरानो मालपोत कार्यलय आगाडी गरीएको सो रक्तदान कार्यक्रममा नेकपा (एस)का केन्द्रिय सल्हाकार तथा पुर्व सांसद हर्कमान तामाङको प्रमुख आथित्य र १ नम्वर प्रदेश कमिटीका सचिवालय सदस्य तथा सभासद चन्द्र बहादुर गुरुङको आतिथ्यता रहेको थियो ।

























