काठमाण्डौ,१४ मंसिर । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन् । मंगलबार सम्पन्न पार्टीको दशौं महाधिवेशनबाट ओली भारी मतले निर्वाचित भएका हुन् ।
निर्वाचनमा दुई हजार १ सय ५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको थियो । जसमा ओलीले १९०० मत ल्याएका छन् भने रावलले १९६ मत ल्याएका छन् । अहिले उपाध्यक्षको मत गणना शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ ।
शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गरेपछि मतदान प्रक्रिया अघि बढाइएको थियो । बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट गणना शुरु गरिएको थियो । यद्यपी निर्वाचन आयोगले औपचारिक घोषणा गर्न भने बाँकी छ ।


