सुनसरी । नेपाल पुस्तक तथा स्टेसनरी व्यवसायी महासंघ प्रदेश नं १ को दोस्रो अधिवेशनले ईटहरीका रज्जन शर्मा चौलागाईको अध्यक्षतामा प्रदेश समिति गठन गरेको छ ।

सुनसरीको तरहरामा भएको अधिवेशनले १५ सदस्यीय प्रदेश समिति गठन गरेको हो । समितिको वरिष्ठ उपाध्यक्षमा जीवन नेपाल (बिर्तामोड) उपाध्यक्षद्वय राजकुमार थापा ( झापा) तेलुराम शर्मा (धरान ) सचिव माधव अधिकारी (विराटनगर )सहसचिव घनश्याम पोखरेल (गाईघाट) कोषाध्यक्ष गौतम शर्मा (विराटनगर) रहेका छन् ।

265288982_492262152120852_7392368812360516170_n


त्यसैगरी सदस्यहरूमा चुडामणि घिमिरे (विराटचोक), सन्तोष दाहाल (बिराटनगर), महेश पन्त (इनरूवा) जीवन लुइटेल (दुहवी) टंकप्रसाद भट्टराई (विर्तामोड), खगेन्द्र गौतम (झापा), राजेन्द्र सिंजाली (दमक) र शिवप्रसाद चौलागाई (सुनसरी) छन् ।
कार्यक्रममा केन्द्रीय अध्यक्ष मनहरि बस्याल, प्रदेश १ का निर्वतमान अध्यक्ष संजीव सत्याल, निर्वाचन समितिका अध्यक्ष मातृका शिवाकोटी लगायतले नव निर्वाचित समितिलाई शुभकामना मन्तव्य व्यक्त गरेका थिए।