बिराटचोक,२४ पुस । मोरङको बेलबारीमा घरको पर्खालले किचेर १ जनाको मृत्यु भएको छ ।शुक्रबार बेलबारी नगरपालिका १ स्थीत पुरानो बेलबारीका ऋषि साहको घरको वाल भत्काउने क्रममा सुन्दरहरैचा नगरपालिका १ का ४५ बर्षीय असोक खवासको मृत्यु भएको हो ।

घरको पर्खालले किचेर गम्भिर घाईते भएका खवासको उपचारको लागि नोबेल अस्पताल बिराटनगर लादै गर्दा बाटैमा मृत्यु भएको थियो । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय बेलबारीले थप अनुसन्धान गरिरहेको छ ।