संखुुवासभा,२६ फागुन । संखुवासभामा यात्रुवाहक बस मादी नगरपालिका–६ को पुलुङस्थित सात घुम्तीमा भएको दुर्घटनामा मृत्यु हुनेको संख्या १६ जना पुगेको छ ।
संखुवासभाको मादी मादी ओखरबोटे बाट झापाको दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको रेशम फिलिलि बस आज बिहान करिब आठ बजे तिर दुर्घटना भएको थियो ।
दुर्घटना परी सामान्य घाइतेहरुलाई उपचारका लागि सदरमुकाम चैनपुर लगिएको छ भने गम्भीर घाइतेहरुलाई सुविधासम्पन्न अस्पतालमा लैजान हेलिकप्टरको व्यवस्था गर्ने तयारी भइरहेको घटनास्थलमा रहेका मादी नगरपालिका वडा नम्बर ६ का अध्यक्ष धननारायण तामाङले जानकारी दिए ।
बस सडकबाट करिब चार सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।


