पथरीशनिश्चरे,२० फागुन । मोरङको सुनवर्षी २ अमरदहमा जारी चौथो अन्तराष्ट्रिय आमन्त्रण ढल्के जोवन गोल्डकपमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुकबार भएको खेलमा भुटानको बि आर सी फुटबल क्लबविरूद्ध त्रिभुवन आर्मी क्लब काठमाडौँ २का विरूद्ध ४ गोल गरेर विजयी भएको हो । आज त्रिभुवन आर्मी फुटबल क्लबका जर्सी नं २३ का टेक बहादुर बुढाथोकीले प्रतियोगितामा जारी चोथौ ढल्केजोवान गोल्डकपकै पहिलो ह्याट्रिक गर्न सफल भएका थिए ।

पहिलो हाफको ९ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका आर्मीका टेक बहादुर बुढाथोकीले फेरि २३ औ मिनेटमा अर्को गोल थपेर आफ्नो टिमलाई २-० को अन्तर गरेका थिए भने विपक्षी भुटान बिआरसी टिमका जर्सी नं १० का श्याम गोलेले ३५ औं मिनेटमा गोल गरेर २-१को अन्तरलाई कम गरेका थिए। सोहि प्रतियोगिताको दोस्रो हाफको २७ औं मिनेटमा पुनः त्रिभुवन आर्मी क्लबका जर्सी नं ६ का टंक बस्नेतले अर्को गोल थपेपछि आफ्नो टिमलाई ३-१ को अन्तरमा पुर्याएका थिए ।

त्रिभुवन आर्मी टिमलाई प्रत्यूत्तर स्वरूप भुटान बिआरसी क्लबका जर्सी नं ११ का देउमान लिम्बुले जवाफी गोल फर्काई ३-२ गोल अन्तरमा पुर्याएका थिए। अति नै दर्शकहरूविच सन्सनीपूर्ण तथा प्रतिस्पर्धात्मक भएको खेलमा आर्मीका जर्सी नं २३ कै टेक बहादुर बुढाथोकीले दोस्रो हाफको ३२ औं मिनेटमा पुनः तेस्रो गोल गर्दै सो चौथो अमरदह अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप-०७८ कै पहिलो ह्याट्रिक गर्न सफल भएका थिए।

आजको म्यान अफ दि म्याच त्रिभुवन आर्मी क्लबका टेक बहादुर बुढाथोकी घोषित भए। उनलाई आजका प्रमुख अतिथि समेत रहेका डन बक्स बोर्डिङ्ग स्कूलका संस्थापक किरण थापाले नगद ५ हजार सहित मेडल र ट्रफीद्वारा पुरस्कृत गर्नुभएको थियो। भोलिको सेमिफाइनलको पहिलो खेल मानेभञ्ज्याङ भेट्रान दार्जिलिङ र बुद्ध भूमि रूपन्देही विच प्रतिस्पर्धा हुने आयोजकले जानकारी दिएको छ ।

गत १९ गतो सम्पन्न भएको खेलमा सिक्किमको गोर्खा भेट्रान्स विजयी भएको टिममा ३० वर्ष मुनिका २ जना नाईजेरियन खेलाडीलाई खेलाएको भनी खेल आयोजक अमरदह चौथो आमन्त्रण गोल्डकपमा आवेदन परेपछि आयोजक क्लबले हिजोको विजेता सिक्किमको गोर्खा भेट्रान्सलाई प्रमाण पुग्ने आवश्यक कागजात पेश गर्न शुक्रबार दिउँसो २ बजेसम्मको समयावधि दिएको थियो ।

तर उक्त टिमले तोकिएको समयावधि भर कुनै पनि जवाफ नदिएका कारण आगामी खेलमा सहभागी नगराईने भन्दै कार्वाही गरिएको जानकारी आयोजक क्लबका अध्यक्ष प्रताप तामाङले बताउनुभयो। उहाँका अनुसार गत विहीवार पराजित भएको बुद्ध भूमि रूपन्देहीले भोलि शनिबार देखि हूने सेमिफाइनलको पहिलो खेल दार्जिलिङको मानेभञ्ज्याङ भेट्रान क्लब सित भिड्ने बताउनुभयो ।

यसैगरी , पर्सी आजको विजेता त्रिभुवन आर्मी क्लब काठमाडौँ र पोखरा भेट्रान्स क्लबविच खेल हुने छ ।
भारत, नेपाल र भुटानका विभिन्न १२ वटा टिमको सहभागिता रहेको प्रतियोगिताका विजेताले ५ लाख ११ हजार नगदसहित शिल्ड, पदक तथा प्रमाण पत्र प्राप्त गर्ने छन् भने उपविजेताले २ लाख ५१ हजार नगदसहित मेडल , ट्रफी सहितले पुरस्कृत गरिने छ ।