हिले ,२६ फागुन । संखुवासभामा बस दुर्घटना हुँदा कम्तीमा ७ जनाको मृत्यु भएको छ । मादी नगरपालिकाबाट दमक जाँदै गरेको बा ४ ख ७३५ नम्बरको बस मादी नगरपालिका-६ रामदेवी भन्ने ठाउँमा बस दुर्घटना भएको हो ।

बस दुर्घटनामा ७ जनाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए । उनले नेपालप्रेससँग भने,‘अहिलेसम्म ७ जनाकाे घटनास्थलमै मृत्यु भएकाे भन्ने खबर छ ।

सडकबाट ३ सय मिटर तल खोलामा खसेको भन्ने आएको छ । यहाँबाट घटनास्थल धेरै टाढा छ । सशस्त्र प्रहरी र प्रहरी पुगिसकेको छ ।’ घाइतेको उद्धारको काम भइरहेको उनले बताए । बसमा कति जना थिए भन्ने खुलिसकेको छैन ।