सुन्दरहरैचा,२८ फागुन । सुन्दरहरैचा–७ मा अर्धचेत अवस्थामा भेटिएकी नाबालिकाको मृत्यु भएको छ ।शुक्रबार साँझ घरबाट हराएकी २१ महिने बालिका घरनजिकै घारीमा अर्धचेत अवस्थामा भेटिएकी थिइन् । उपचारको क्रममा शनिबार बिहान नोबेल मेडिकल कलेज विराटनगरमा मृत्यु भएको हो ।
सुन्दरहरैचा ७ का वडा अध्यक्ष चैतन्य सिटौलाका अनुसार बालिकाको बलात्कार भएको आशंका गरिएको छ । बालिकाको यौनाङ्गमा रक्ताम्यै अर्धचेत अवस्थामा भेटिएको थियो । त्यसपछि आफन्तले गछिया मेडिकलमा लगेको र गछिया पुगेपछि प्रहरीलाई खबर गरेर थप उपचारका लागि नोबेल लगिएको थियो सिटौलाले बताए ।
बालिकाको शव पोस्टमार्टमको लागि धरान स्थिर घोपा लगिएको प्रहरीले जनाएको छ । प्रहरीले घटना स्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको ईलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर सरोज खनालले बताए ।




















