काठमाडौ,४ चैत । पैसा कमाउने प्रलोभनमा परेर भारतको पटना गएका मोरङ लेटाङ २ सारुटोलका ३१ वर्षीय मनबहादुर मगरलाई पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको कमाण्डमा उद्दार गरिएको छ ।

मनबहादुर कपिलबस्तुका केशव मगरले मासिक २५ हजार भारु तलबमा जागिर लगाइ दिने भनेपछि फागुन २७ गते लेटाङबाट जोगबनी हुँदै भारत थिए । परदेशमा कहाँ सजीलो ठाउँमा मासिक २५ हजार भारु मिल्थ्यो र ? मनबहादुरले भारतमा काम गर्न सकेनन । काम गर्न नसकेपछि मनबहादुर पटनाबाट नेपाल घर आउन फर्किए।

जीवनमा पहिलो पटक २५ हजार कमाउन सपना बोकेर भारत हानिएका मनबहादुर बीच बाटोमै हराए। भारतमा जागिर लगाइदिन लगिदिने केशवले फोनबाट तिम्रो मान्छेले काम गर्न सकेन ,घर फर्किदै छ भन्ने सूचना दिएपछि मनबहादुरको घरमा चिन्ता सुरु भएको थियो ।

लेटाङबाट बिहीबार राति बीरगञ्ज पुगेका मनबहादुरका आफन्त सहित पत्रकार तेजन खड्काले राति नै जिल्ला प्रहरी कार्यालय पर्सामा मनबहादुरलाई खोजिदिन निवेदन दिएका थिए । घरमा फोन गरेको भारतीय सीम र मनबहादुरलाई ट्याक्सी चढाएर नेपालमा फोन गर्ने ट्याक्सी चालकको सीमका आधारमा पर्सा प्रहरीले भारतीय प्रहरीसँग सम्पर्क गरेको थियो । भारतबाट मनबहादुर नेपाल छिरेको सूचनाका आधारमा प्रहरीले रातभर मनबहादुरलाई खोजेको थियो ।