इटहरी,५ चैत । सुनसरीको रामधुनी नगरपालिका वडा न ४ मा पर्ने पबित्र धार्मिक स्थल रामधुनी मन्दिर प्रबेश गर्ने बाटैको मुखमा रहेको जङलमा शुक्रबार साझ एउटा ठूलो हरिण मारेर सिकारीहरु भागेका छ्न।

प्रकाशपुर स्थित हाम्रा सहयोगि पत्रकार प्रकाश चन्द्रबन्सीका अनुसार होली खेल्दै सिकारीथान वर परको बाटोमा रमाइलो गर्न निस्केका स्थानिय युवाभाइ बहिनिहरुले अचानक जङलमा बन्दुक पड्केको आबाज सुने।पक्कै केही घटना हुन सक्छ भन्ने सोचेर जङल छिर्न खोज्ने ती युवाहरुलाइ २०/२२ जना तस्करको समुहले समातेर कुटपिट गरेका थिए।रामधुनी मन्दिरले सम्रक्षण गर्ने भनेर जिम्मा लिने ब्यबस्थापन समितिका कार्की थर गरेका कोशाध्यक्ष स्वयमले त्यति बेला तिमिहरु ज्यादै ठूलो कुरो नगर सिकारीहरुले तिमिहरुलाइ एकै तालमा सिद्याउछ्न भनेर डर त्रास देखाएका थिए।

ती कार्किले त्यसो भने पनि युवाहरुले घटना स्थलबाटै फोन गरे पछि पुलिसको साथ सहयोग लिएर खोजबिन गर्न उक्त स्थान जादा तत्काल केही नभेटेको अलिक पछि हरिणलाई पातपतिङरले छोपेको छ भन्ने सुराक पाएर त्यता तर्फ जादा झन्डै १०० केजिको हरिण मृत अबस्थामा भेटेर जिल्ला बन डिभिजन अफिसको निर्देशन अनुसार उठाएर बन अफिसमा ल्याइएको बन रक्षक कर्मचारी पवन मेहताले बताएका छ्न।

प्रहरीका असइ नारायण निरौला समेतको टोलीले गोली लागेर मरेको मिर्ग भेटेर ल्याए पनि युवा ग्याङलाई कुटेर भागेका सिकारी पक्रन सकेका थिएनन।उक्त जङलमा त्यसरी चोरी सिकारी हुने थुप्रै घटना भएका छ्न।काठ तस्करी र बन्यजन्तु मार्दै इटहरी तथा ठुला सहर बजारमा मासु बेच्ने गरेको बुझिएको छ।