भारतको गुजरात स्थित बनासकांठा जिल्लाको जेसोर बन क्षेत्रमा संसारको सबैभन्दा सानो र दुर्लभ बिरालो देखिएको छ । यसको तौल मात्र ३ किलोको रहेको छ ।

यो बिरालोको नाम 'रस्टी स्पोटेड क्याट हो । यसलाई रात्रि  बिरालो पनि भनिन्छ । बन बिभागको डिसिएफ गंगा चरण सिंह ले भनेका छ्न यो बिरालो लोपोन्मुख अवस्थामा पुगेको छ ।यस्तो प्रजातिको बिरालो कम बन क्षेत्र भएको , घासको मैदान र ढुङ्गा भएको क्षेत्रमा बस्न रुचाउछ ।

यसको शरीरमा सेतो खालको दाग हुन्छ 
खैरोमा रातो दाग र बदामी रेखा भएका यस्ता बिरालोहरुको शरिरको बिचको भाग सेतो हुन्छ । साथै यसको ठुलो गाढा दाग हुन्छ । यसको लम्बाइ ३५ देखी ४८ सेन्टिमिटर सम्मको हुन्छ । पुच्छरको लम्बाई लगभग १५ देखी २५ सेन्टिमिटर सम्मको हुन्छ ।

'रस्टी स्पोटेड क्याट' भारतीय उपमहादिपमा पाइने गरेको छ खासगरी दक्षिण भारत,गुजरातको भागहरुमा जम्मु-कश्मीर र श्रीलंकामा पनि पाइन्छ । यस्ले साना खालका चराहरु , स्तनधारी जन्तु,किरा भ्यागुता आदि खाएर पट भर्ने गर्छ । यो रातको समयमा घुमन निसकने गर्दछ ।