मोरङ ,१३ चैत । मोरङको बेलवारी नगरपालिका ४ को बेतना सिमसार क्षेत्रमा गत ८ गते चाँदीको गर गहना लुटपाट भएको घटनामा संग्लग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा दमक नगरपालिका ३ का २५ बर्षीय सबिन बिश्वकर्मा, बर्दिबास नगरपालिका १ का ३४ बर्षीय मनोज ठाकुर रौतामाई गाउँपालिका ६ उदयपुरका २४ बर्षीय बिशाल बिक र इटहरी ५ का २४ बर्षीय बादल बिक रहेका छन् । पक्राउ परेको यो समुहले चैत्र ८ गते बिहान पाथिभरा ज्वेलर्स एण्ड सप्लायर्स दमकका कर्मचारीले दमकबाट बर्दिबास लैजाँदै गरेको १३ केजी चाँदीका गर गहना लुटपाट गरेको थियो


गहना लुटपाट भएको सूचना प्राप्त भएसंगै खोजतलासमा खटिएको ईलाका प्रहरी कार्यालय बेलवारीको प्रहरी टोलीले लुटपाटमा संग्लग्न मध्ये ४ जनालाई चाँदीका गहना सहित नियन्त्रणमा लिएको हो । घटनामा संग्लग्न अर्का एक जना फरार रहेको र उनको समेत खोजतलास भईरहेको तथा पक्राउ परेका ब्यक्तिहरुको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय बेलवारीले जनाएको छ ।