पथरी शनिश्चरे, १६ चैत । मोरङको पथरी शनिश्चरे वडा नम्बर ४ मा अवस्थित राधाकृष्ण मन्दिरका लागि आज वाद्यवादन सहितका सामग्री प्रदान गरिएको छ ।
नगर उपप्रमुख यमुना विष्ट वास्तोलाको अगुवाईमा वडा सदस्य अमरबहादुर बराइली सहितले मन्दिर समिति अध्यक्ष शेरबहादुर रायलाई सामग्री हस्तान्तरण गरिएको हो ।
नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा मन्दिरलाई आवश्यक माइक, इम्प्लिफायर सहितको साउण्ड सेट, वाद्यवादनका सामग्री र प्लाष्टिक कुर्सी हस्तान्तरण गरिएको वडा सचिव पर्वत साहले जनाउनु भयो ।



















