- तेजबहादुर बन
इटहरी । इटहरी उपमहानगरलाइ भ्रस्ट्रचार मुक्त बनाउने अभियानकासाथ नगरवासीहरू साेमबार सडकमा उत्रिएका छन । भ्रस्ट्रचार बिरूद्धकाे अभियान अन्तरगत बिभिन्न नारा सहितकाे प्लेकार्ड बाेकेर उपमहानगरवासीहरू साेमबार सडकमा निस्किएका हुन ।
नगरवासीहरूले इटहरीका मेयर द्वारिकलाल चाैधरीले अघि बढाएकाे भ्रस्ट्रचार बिरूद्धकाे कदमलाइ स्वागतम भन्दै उनकाे समर्थनमा जयजयकारकाे नारावाजी समेत गरेका थिए । इटहरीकाे २० वटै वडाहरूबाट भेला भएका नगरवासीहरूले मेयरकाे तस्विर अांकित गरिउका ब्यानरलाइ अघाडी राखेर बिभिन्न चाैकहरू परिक्रमा गरी ब्यवसायिक भवन सेन्ट्राेलप्लाजा अघाडी काेणसभा गरेका थिए ।
उक्त काेणसभालाइ सम्बाेधन गर्दै मेयर द्वारिकलाल चाैधरीले इटहरीबाट भ्रस्ट्रचार मुक्त अभियान सुरू भएकाे घाेषणा गरेका छन । मेयर चाैधरीले भ्रस्ट्हरूकाे बिरूद्ध एक्सनमा उत्रिदा यदि पार्टिले कार्वाहि गर्छ भनेपनि जनताकाे साथ सदैव अाफुले पाउने बताए ।
उनले भेलालाइ सम्बाेधन गर्दै मेयर चाैधरीले उपमहानगरभित्रका भ्रस्ट्र कर्मचारीहरूलाइ पालै पालाे गरेर जागिरबाट निकाल्ने उदघाेष समेत गरे । उनले पार्टिका कार्यकर्ता मात्र नभइ नेता देखि कलाकार ,र पत्रकारहरू समेत भ्रस्ट्र रहेकाे कारण अब जनता जागरूक हुनुपर्नेमा अाैल्याएका थिए ।
इटहरी उपमहानगरलाइ भ्रस्ट्चारमुक्त नगर बनाइ समृद्धकाे बाटाेमा अघि सारेर बिकासकाे खाका काेर्दै देशकै नमुना सहरकाे रूपमा स्थापित गरेर देखाउन अाफु तत्पर रहने तर त्यसमा जनताले साथ दिनुपर्नेमा जाेड दिएका थिए । कार्यक्रममा भ्रस्ट्रचारबिरूद्धकाे अभियानमा सरिक अभियानकर्मिहरू नागरिक समाज इटहरीका उपाध्यक्ष सन्त डुम्जन , अादिवासी जनजातिका राम धामि , ट्विटेरियन साेसाइटिका अध्यक्ष हिरा अाचार्य , अभियानकर्मि कर्णबहादुर लिम्बु , केशरमान गुरूङ लगायत अन्यले मेयर चाैधरीकाे तारिफ गर्दै अागामि दिनमा नगरलाइ भ्रस्ट्रचारमुक्त बनाउन सक्दाे सहयाेग साथ दिने प्रतिवद्धता जाहेर गरेका थिए ।


