बिराटचोक,१५ बैशाख । मोरङको सुन्दरहरैचामा जेष्ठ माताहरुलाइ सम्मान कार्यक्रम सम्पन्न भएको छ । बैशाख १५ गते अर्थात माता तिर्थ औसीको अवस्वर पारेर अनन्त नारी शक्ति समूहले सम्मान कार्यक्रम गरेको हो ।

सुन्दरहरैचाको वडा नबर ९ र १२ का ६५ जना जेष्ठ माताहरुलाइ सम्मान गरीएको समुहकी सदस्य लीला बिमलीले जानकारी दिइन । सो कार्यक्रममा ६५ बर्ष उमेर माथीका जेष्ठ माताहरुलाइ खिर खुवाउने कार्यक्रम भएको थियो ।

279181942_569469974369078_8930512101775415540_n (3)

सुन्दरहरैचाको १२ नम्बर वडामा रहेको राधाकृष्ण मन्दिरमा भएको कार्यक्रममा सुकुना बहुमुखी क्याम्पसका पुर्व क्याम्पस प्रमुख प्रेमप्रसाद भट्टराईको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा नेकपा एमाले सुन्दराहरैचा नगरपालिकाको मेयर पदका उम्मेदवार केदारप्रसाद गुरागाइको बिशिस्ट आतिथ्यता रहेको थियो । त्यसैगरी उपमेयरकी उम्मेदवार अकलीदेवी चौधरी,सुन्दरहरैचा ९ नम्बर वडाध्यक्षका उमेदवार पुष्प बहादुर भुजेल,१२ नम्बर वडाध्यक्षका उम्मेदवार रोसनप्रसाद ढकाल लगायतको आतिथ्यता रहेको थियो ।

279089829_537985441051680_7438040122351418601_n (2)

सो कार्यक्रममा बिभिन्न समाजिक कार्यहरुमा सहयोग गर्दै आएका भुजेलले सो समुहलाई १५ हजार नगद आर्थिक सहयोग गरेका थिए । भुजेलले यो भन्दा अघी पनी कर्जुनाको सिवालय मन्दिरलाइ बसाह सहयोग गरेका थिए । त्यसैगरी बंगाली टोलमा रहेको कालिमन्दीरमा गेट बनाएका थिए । सुन्दरहरैचामा रहेको साइ मन्दिर भजन समुहलाई १ करोड मुल्य बराबरको १ कट्ठा बराबरको जग्गा प्रदान गरेका थिए । मानव सेवाको लागी भन्दै उनले एउटा एम्बुलेन्स र विभिन्न संघ सस्थामा उनले सहयोग गर्दै आएका छन ।

समुहकी अध्यक्ष तारा सुवेदीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा सस्थाकी दिपा ओडारीले स्वागत मन्तव्य गरेकी थिइन भने कर्यक्रमलाइ सन्चालन तारा दाहाले गरीकी थिइन ।