काठमाडौं,१५ जेठ । तारा एयरको विमान सम्पर्कविहीन भएपछि नेपाली सेनाको हेलिकप्टर खोजी कार्यमा परिचालन गरिने भएको छ । सम्भावित दुर्घटना क्षेत्रमा हेलिकप्टर पठाउने तयारी भएको मुस्ताङ प्रहरी प्रमुख डीएसपी रामकुमार डानीले बताए ।

अहिलेसम्म विमान दुर्घटना भएको कुनै सूचना प्राप्त भएको छैन । तर, मुस्ताङको लेतेमाथि टिटी ताल क्षेत्रमा विमान दुर्घटना भएको आशंका गरिएको छ ।

विमानमा ४ जना भारतीय नागरिकसहित ६ जना विदेशी र १३ जना नेपाली यात्रु रहेको यति एयरलाइन्सले जनाएको छ । तारा एयरको ९ एन-एइटी जहाज क्याप्टेन प्रभाकर घिमिरले उडान भएरेका थिए ।

चालकदलका सदस्य इताशव घिमिरे र किश्मी थापासहित सो जहाज ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको थियो ।