काठमाडौं,१५ जेठ । अब विदेशी नागरिकले नेपालमा अपार्टमेन्ट किन्न पाउने भएका छन् ।

सरकारले ठूला अपार्टमेन्टहरुमा विदेशी लगानी खुल्ला गर्ने निर्णय गरेको हो । सयवटा भन्दा बढि युनिट भएका अपार्टमेन्टका २० प्रतिशतसम्म युनिट विदेशीलाई बेच्न सकिने व्यवस्था वार्षिक बजेटमा गरिएको छ ।

बजेटमा गरिएको यो व्यवस्था सँगै अब नेपालका अपार्टमेन्टमा विदेशीले लगानी गर्न पाउने भएका हुन् । यो व्यवस्थाले नेपालको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ भन्ने विषयमा अब ठूलो बहस सिर्जना हुने देखिएको छ ।