बिराटचोक,२७ जेठ । मोरङको सुन्दरहरैचाका नव निर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राजयोग उप सेवा केन्द्र सुन्दरहरैचाले बधाई तथा तथा शुभकामना कार्यक्रम सम्पन्न गरेको छ ।

शुक्रबार उक्त सस्थाले एक कार्यक्रमगरी नव निर्वाचित नगर प्रमुख केदारप्रसाद गुरागाई, उपप्रमुख अकली चौधरी लगायत जनप्रतिनिधिहरुलाई बधाई तथा सफल कार्यकालको सुभकामना कार्यक्रम सम्पन्न गरेको हो ।

केही वर्ष अघी देखी ब्रम्हा कुमारी राजयोग उप सेवा केन्द्रले समाज मा आध्यात्मिक शिक्षा र ध्यान (मेडिटेसन)को आधारमा नैतिक शिक्षा र मानवीय मुल्यको धारणा गराई मानव को कल्याण को साथ शान्ति को अनुभुती गराउदै विभिन्न कार्यक्रम गर्दै आएको सस्थाकी सञ्चालिका कविता पोखरेलले बताइन ।

उनका अनुसार सस्थाले घरगृहस्थ मा रहेर तनाव मुक्त जीवन को अनुभुती दिलाउने कार्ये गर्दै महिला सशक्तीकरण र युवाहरुलाइ दुर्व्यवसन मुक्त अभियान लगायत अन्य सेवाको लागि सस्थाले निशुल्क सेवा गरिरहेको छ । कार्यक्रममा प्रदेश सांसद राजकुमार ओझाको आथियत्यता रहेको थियो ।