बेलबारी,१ असार । मोरङको बेलाबारी ३ स्थित लोहन्द्रखोला छेउमा छैठ माताको मन्दिरको शिलान्याश भएको छ । करिव एक करोडको लागतमा निर्माण हुने सो मन्दिरको बुधबार १ नम्बर प्रदेश सभा सदस्य राजकुमार ओझाले शिलान्याश गरेका छन् ।

मन्दिर निर्माणको लागि सांसद ओझाको पहलमा ५ लाख रकम बिनियोजन भएको र स्थानियहरुको तर्फबाट २० प्रतिशत सहयोग रकम संकलनगरी करिव ६ लाख २३ हजार रकमबाट मन्दिर निर्माणकार्य शुरु गरिएको निर्माण समितीका अध्यक्ष प्रदिप कुमार देवले बताए ।

मन्दिर निर्माणका लागि स्थानिय समाजसेवीहरुले करिव १४ धुर जग्गा दान गरेको अध्यक्ष देवले जानकारी दिए । २ बर्ष भित्रमा निर्माण कार्य सम्पन्न गरिने सो मन्दिर जयपुरी डिजाइनको हुने मन्दिर निर्माणको अभियान कर्ता शितल रायले बताइन । शिलान्याश कार्यक्रममा बेलबारी ३ वडा अध्यक्ष योगेन्द्र सुबेदी लागायत स्थानीय बासिन्दाहरुको उपस्थिती रहेको थियो ।

287657406_4926464820792011_3934356685051761472_n