बेलबारी,१० असार । मोरङको बेलबारी नगरपालिकाको ११ औ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित भएको छ।

नगर उपप्रमुख नितु थापा (कोइराला)ले प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो ।तेसैगरि उपप्रमुख थापाले बेलबारी नगरपालिकाकाकाे आगामी आर्थिक वर्षका लागि १ अर्ब ३७ करोड ५२ लाख ८ हजार ४ सय ३३ रुपैयाँको अनुमानित आय व्यय विवरण प्रस्तुत गरेकी छिन् ।

नीति तथा कार्यक्रमले नगरकाे समग्र विकासमा ध्यान दिइएकाे उल्लेख गरिएको छ । भाैतिक पूर्वाधार तथा सामाजिक क्षेत्रलाई समानुपातिक रूपमा अगाडि बढाउने नीति लिएकाे छ । समाजिक अन्तर्गत विद्यार्थीलाई दिवा खाजाकाे व्यवस्था , बालमैत्री नगरकाे घाेषणा गर्ने, बेलबारी खेदकुद समितिकाे गठन गर्ने, जनता उपचार काेषमार्फत विशेष प्रकृतिका राेगीलाई आर्थिक सहयाेग गरिने, छाेरी बचाउ अभियान, अनलाईन पद्धतिकाे विकास गर्ने, स्थानीय संचार नीतिकाे निर्माण गर्ने भएको छ ।

साथै जनताका गुनासा सुन्न जनतासँग नगरपालिका कार्यक्रम संचालन गर्ने, अनुगमनमा जाेड दिने, सबै वडामा नागरिक सहयता कक्षाकाे सुरुवात, शैक्षित,एेतिहासिक तथा धार्मिक क्षेत्रका आसपासमा सूतिजन्य पदार्थ तथा जङ्कफुट निशेध गर्ने लगायत । सभामा अर्थिक विधेक, वियाेजन विधेयक लगायतका विभिन्न तीववटा विधेयकहरू प्रस्तुत भएका छन् । गत साल नगरले १ अर्व ३५ लाख ४६ हजार बराबरकाे बजेट प्रस्तुत गरेकाे थियाे । यस आर्थिक वर्षमा झण्डै दुई कराेड बढीकाे बजेट प्रस्ताव गरेकाे छ । अर्काे बैठक असार २४ गते बस्ने उल्लेख गरिएको छ।

बेलबारी नगरपालिकाका नगरप्रमुख दिलप्रसाद राईले जनप्रतिनिधिका काँधमा महत्वपूर्ण जिम्मेवारी रहेकाेले त्याे जिम्मेवारी सिमीत स्रोत र साधनकाे उपयाेग गरेर भए पनि बहन गर्नु पर्नेमा जाेड दिए। नगरले प्रस्तुत गरेकाे बजेट नीति तथा कार्यक्रमलाई नगरसभा सदस्यहरूले समेत सकारात्मक रुपमा लिएका छन् ।