केराबारी,१५ असार । केराबारी गाउपालिका अध्यक्ष सुमन मिरिङचिङले तुर्के र लोहोन्द्रा खोलाको अनुगमन गरेका छन । उक्त खोलाहरुले गरेको क्षती र त्यसले पुर्याउन सक्ने क्षतिको बारेमा जानकारी लिदै पालिका अध्यक्ष मिरिङचिङले मंगलबार अनुगमन गरेका हुन ।
अध्यक्ष मिरिङचिङले तत्काल मेसिन लगाइ खोलालाइ च्यानलाइज गर्दै जोखिम कम गर्न र आवश्यक ठाउमा तारजाली लगाइ बाध लगाउन समेत वडा कार्यलयलाई निर्देशन दिएका छन ।
बेल्चौरी र भलुवा जोड्ने तुर्के खोलाको निर्माणाधिन पुल केन्द्रिय सरकारले ठेक्का लगाएको र उक्त ठेक्का रहेसम्म अर्थनियम अनुसार स्थानिय सरकारले बजेट बिनियोजन गर्न नमिल्ने हुदा उक्त ठेक्का रद्द गरि निर्माण कम्पनीलाई कालो सुचिमा राख्न पालिकाले संघिय सरकार समक्ष पत्राचार गर्ने समेत अध्यक्ष मिरिङचिङले प्रतिबद्धता ब्यक्त गरे ।
खोलाको अनुगमनमा केराबारी वडा नं ९ का वडाध्यक्ष गोपाल राई लगायत स्थानीय जनताहरुको समेत उपस्थिती रहेको थियो ।



