भारत स्वतन्त्र संग्रामका नायक महात्मा गान्धीको हत्या गर्ने गोड्से जिन्दावाद भन्ने भारतीय जनता पार्टीको निम्तोमा नेपाली अवसरवादको नाईके प्रचन्ड भाजपाको दिल्ली स्थित मुख्यालयमा प्रभुको चाकडी गर्न शुक्रवार हिजो भारत गए । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भाजपा त्यही दल हो जसले बिगतमा नेपालको अभिन्न अंग कालापानी, लिपुकेल र लिम्पियाधुरा सहितको नक्शा जारी गर्दै नेपाली भु-भाग हड्पेको थियो । त्यसको बिरुद्ध जवाफी कारबाही स्वरुप राष्ट्रवादी चिन्तनको चौतारी तथा तत्कालीन प्रधानमन्त्री केपी ओलीले उक्त नेपाली भु-भाग समेटेर नयाँ नक्शा जारी गरेको थियो । यसको चौतर्फी तारीफ हुँदा काँग्रेसका बाख्राकाजी थापा र भारतीय रअको नेपाली एजेन्ट भारुरामले `छिमेकी चिढ्याउने कार्य निन्दनीय छ´ भनिएको इतिहास नेपाली जनताले भुलेको छैन् । जुन दलको सरकारले नेपालको भुभाग हड्पेर नक्शा जारी गर्ने उही दलको निम्तोमा उसको घर छिर्न उद्त हुन्छ भने बुझौं कि हाम्रो राष्ट्रियता कता जाँदैछ ? हिजो उसले भने बमोजिमको संविधान नबनाउँदा नाकाबन्दी बेला `हामी कसैको एस म्यान बन्न सक्दैनौं´ भन्ने अवसरवादको भोको प्रचन्ड आज गल्लीको भुँसिया कुकुर झैं बिरोधीको दैंलो चाहार्दै हिड्छन भन्ने यिनको दिल्ली यात्रा के शंकास्पद छैन र ? अब दिल्लीमा फ्याँकिने हड्डी खान बानी पर्नेहरूले यो मुलुकको राष्ट्रियता जोगाई राख्न सक्छ होला ?
आफुलाई अग्रगामी र राष्ट्रभक्तको नक्कली कुन्डली खल्तीमा बोकेर हिड्ने प्रचन्ड त्यही हो जसले गत बर्ष महाकाली नदी तर्ने क्रममा भारतीय सिमा बलले तुइन काट्दा महाकाली नदीमा बेपत्ता हुने नेपालीपुत्र जयसिंह धामीको बारेमा एक शब्द पनि छिमेकी हेपाहा भारतीय विस्तार बिरुद्ध खर्च गर्न सकेन् । सम्भवत: त्यो बेला प्रचन्डको बोलीको चार्ज सिधिँएको थियो होला । आज त्यहि सिधिँएको चार्जलाई भारतीय तन्त्रमन्त्रले रिचार्ज गर्न यिनको भ्रमण हो जस्तो लाग्छ । हिजो दश बर्षे युद्धमा १७००० निर्दोष नेपाली जनता यहाँ मार्न भारतको गल्ली गल्लीमा हत्यारा सोचको चार्ज गर्दै थियो भने अब कुन संकट यो मुलुकमा ल्याउन हो त्यसको चार्ज स्टेशन खोज्दै दिल्ली दरवार जाँदैछ !! जनयुद्ध ताका भारतीय विस्तारवाद बिरुद्ध चर्को नाराबाजी गर्ने र गराउन उस्काउने दहीचिउँरे प्रचन्डले आज त्यही भारतीय शासकको गुलामी गर्न छिमेकी दुश्मनको घर छिर्न लज्जास्पद भएन र ? महाकाली लगायत राष्ट्रघाती सन्धी सम्झौताहरूको खारेजी हुनुपर्छ भन्दै जनयुद्ध गर्ने प्रचन्डले त्यो कार्य गर्न सक्यो त ? अझ रोचक बिषय त के छ भने जनताको निर्णायक शक्ति नेकपा एमालेलाई राष्ट्रघातीको बिल्ला भिराउने प्रचन्डले महाकाली सन्धीलाई प्रत्येक १०/१० बर्षमा नवीकरण गरिनेछ भनिएकोमा दोस्रो पटक प्रधानमन्त्री हुँदा बिगतको राष्ट्रघाती बुँदाहरूलाई हुबहु पारित गरेको थियो । भारतीय सिनेमाहरू नेपाली समाजमा बन्देज लगाउनु पर्छ भन्ने प्रचन्डले गरेर देखाए त ? भारतीय नम्बर प्लेटका गाडीहरू पूर्ण रुपले नेपाल भित्रिन बन्देज गराउनुपर्छ भन्ने त्यो बेलाको अभियान आजसम्म कहाँ पुग्यो, प्रचन्ड ? यी सब प्रचन्डको नेपाली जनतालाई मुर्ख बनाएर सत्ताको भर्याङ्ग चढ्नमात्र थियो । यो पटकको भाजपाको निम्तोमा यिनले केही राष्ट्रघाती सन्धी सम्झौता नगर्ला भन्न सकिन्नँ किनकि शेरबहादुर देउवाको पत्नी आरजु देउवा केही दिनदेखि उतै मस्त छिन ।
स्मरणरहोस् !! प्रचन्ड त्यही पूर्वप्रधानमन्त्री हो जसले दोस्रो पटक भारत भ्रमणमा जादाँ नेपाल-भारतको संयुक्त प्रेस विज्ञप्तिको ११ नं. बुँदामा `नेपाल परराष्ट्र मामिलामा भारतसँगै उभिनेछ´ भनिएको छ । त्यो बेला मुलुकभित्र यसको ब्यापक बिरोध भएको थियो किनकि त्यो बुँदाको आशय लेन्डुप दोर्जेले सिक्किमलाई भारतको एक प्रान्त बनाउने खेलसँग मिल्दोजुल्दो थियो ।
( रिजाल नेकपा एमालेका युवा नेता हुन )


















