काठमाडौं : चौतर्फी विरोध पछि सरकारले गुठी विधेयक फिर्ता लिएको छ। तर गुठीसँग सरोकारवालाहरुले भने आन्दोलन जारी राखेका छन्। उनीहरुले गुठी विधेयक नै खारेजीको माग गर्दै बुधबार काठमाडौंका विभिन्न ठाउँबाट र्याली निकालेका छन्। विभिन्न ठाउँबाट निस्केको जुलुस माइतीघर मण्डलामा पुग्नेक्रम जारी छ।
र्यालीमा नेवा स् एकता जिन्दावाद, संस्कृतिमाथिको अतिक्रमण बन्द गर,गुठी विधेयक खारेज गर,सम्पदा मास्न पाइँदैनलगायतका प्लेकार्ड बोकेका सर्वसाधारणहरु सहभागी छन्। त्यहाँ उनीले विशाल खबरदारी सभाको भव्य तयारी गरेका छन्।
मण्डलाको चारैतिर प्रदर्शनकारीको बाक्लो उपस्थित रहेको छ। प्रदर्शनकारीले सडक अवरुद्ध गर्दा ट्राफिक जाम बढेको छ। त्यहाँ सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ।
भूमिसुधार मन्त्रालयमा मंगलबार पत्रकार सम्मेलन गरी मन्त्री पद्माकुमारी अर्यालले विधेयक फिर्ता लिएको घोषणा गरेकी थिइन्।


