काठमाडौं,५ साउन । संसारको कुनै पनि ठाउँमा यात्रा गर्न हामीलाई पासपोर्ट को आवस्कता पर्दछ । पासपोर्ट बिना अर्को देश यात्रा गर्न अनुमती पाइदैन जुन देशको राहदानी बलियो हुन्छ, त्यही देशले सोही अनुसारको सुविधा पाउँछ । मानौं तपाईको देशको राहदानी सबैभन्दा शक्तिशाली छ भने तपाईले सबैभन्दा बढी सुविधा पाउनुहुनेछ। यस्तो अवस्थामा अध्यागमन परामर्शदाता हेन्ले एन्ड पार्टनर्सले हालै हेन्ले पासपोर्ट इन्डेक्स सार्वजनिक गरेको हो । यसमा सबैभन्दा शक्तिशाली राहदानी र सबैभन्दा शक्तिशाली राहदानीको विवरण जारी गरिएको छ। जसमा जापानको राहदानीलाई विश्वकै शक्तिशाली मानिएको छ हेर्नुहोस नेपाल कतिऔ स्थानमा छ ?

यी १० देशहरु शीर्ष स्थानमा

हेन्ले राहदानी सूचकांकमा कुल ११२ देशहरू छन्। यसमा जापानको राहदानी सबैभन्दा शक्तिशाली रहेको छ । हेन्ले पासपोर्ट इन्डेक्सले सार्वजनिक गरेको प्रतिवेदन अनुसार विश्वको सबैभन्दा शक्तिशाली पासपोर्ट जापानको रहेको छ । योसँगै सिंगापुर र दक्षिण कोरिया संयुक्त रूपमा दोस्रो स्थानमा छन् । तेस्रो नम्बरको कुरा गर्दा जर्मनी र स्पेन संयुक्त रूपमा तेस्रो नम्बरमा छन् । योसँगै लक्जेम्बर्ग, फिनल्याण्ड र इटाली संयुक्त रूपमा चौथो स्थानमा छन् । पाँचौं स्थानमा नेदरल्याण्ड, अस्ट्रिया, डेनमार्क र स्वीडेनका राहदानी छन् । आयरल्याण्ड, पोर्चुगल, फ्रान्स र बेलायतको राहदानी संयुक्त रुपमा छैटौं स्थानमा छ । नर्वे, स्वीट्जरल्याण्ड, बेल्जियम, न्युजिल्यान्ड र अमेरिकाको राहदानी संयुक्त रूपमा सातौं र ग्रीस, अष्ट्रेलिया, क्यानडा, चेक रिपब्लिक र माल्टाको राहदानी आठौं स्थानमा छन् । योसँगै हंगेरी नवौं स्थानमा छ भने पोल्याण्ड, लिथुआनिया र स्लोभाकियाको राहदानी दशौं स्थानमा छ ।

रुस,भारत, श्रीलंका, नेपाल, अफगानिस्तान,पाकिस्तान र चीनको पासपोर्टको स्थान :

तपाईले सोचिरहनु भएको होला कि जापान बाहेक एसियाका अरु देशहरुको हालत के छ ? पाकिस्तानको पासपोर्ट यस सूचकांकमा १०९ औँ स्थानमा छ। यो सुचकाङ्कमा भारतको राहदानी ८७औँ स्थानमा छ भने चीनको राहदानी ६९औँ स्थानमा छ । त्यसैगरी रूसी पासपोर्ट ५० औं स्थानमा छ। सबैभन्दा कम शक्तिशाली राहदानी अफगानिस्तानको हो, जुन ११२ औं स्थानमा छ। यसबाहेक इराक १११औँ स्थानमा छ । सिरिया ११०औँ स्थानमा छ । यमनको कुरा गर्दा यसको राहदानी १०८औँ र सोमालिया १०७औँ स्थानमा छ । नेपाल र प्यालेस्टाइन १०६ औं स्थानमा छन् । यस सूचकांकमा उत्तर कोरियाको नम्बर १०५ औं स्थानमा छ। यसबाहेक बंगलादेश, कोसोभो र लिबियाको संख्या १०४ छ। कंगो, लेबनान, श्रीलंका र सुडानका राहदानी १०३ औँ स्थानमा छन् । एजेन्सी