पथरी,६ साउन । पथरी शनिश्चरे-२ का २७ बर्षीय अजय राई ब्राउन सुगर सहित पक्राउ परेका छन। इलाका प्रहरी कार्यालय पथरीको टोलीले २०० मिली ग्राम ब्राउन सुगर सहित राईलाई पक्राउ गरेकोे हो।

यसअघि पथरी-४ सोमबारे बजारबाट २१ वर्षीय अमृत लिम्बु सहित पथरी आसपासबाट चार जना ब्राउन सुगर सहित पक्राउ परिसकेका छन। पक्राउ परेका सबै जान बिरुद्व आवश्यक कानुनी कार्वाहि भइरहेको प्रहरीले जनाएको छ।