उदयपुर—नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा प्रतिनिधिसभा निर्वाचनका लागि उदयपुर क्षेत्र–१ बाट सिफारिस भएका अर्जुन तिम्सिना नेकपा (एमाले) मा प्रवेश गरेका छन्। उनले प्रेस विज्ञप्ति जारी गर्दै नेकपा परित्याग गरी पुनः एमालेमा फर्किएको घोषणा गरेका हुन्।

तिम्सिनालाई प्रदेश सचिवालय सदस्य ईश्वरमणि राउतले पार्टीमा स्वागत गरेका थिए। उदयपुर का तिम्सिनाले पछिल्लो राजनीतिक परिस्थिति, राष्ट्रियता र संविधान रक्षाको आवश्यकताका कारण एमाले रोजेको बताएका छन्। निर्वाचनको मुखमा भएको उनको प्रवेशलाई उदयपुरको राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएको छ।