खाँदबारी,८ साउन । नयाँ तथा पुराना पत्रकारहरुलाई विकास पत्रकारितामा पोख्त बनाउन प्रेस चौतारी नेपाल प्रदेश न १ को आयोजनामा ३ दिने विकास पत्रकारिता तालिम सम्पन्न भएको छ ।
प्रेस चौतारी नेपाल संखुवासभाको ब्यवस्थापनमा खाँदबारीमा सुरु गरिएको तालिमको आइतबार समापन भएको हो । तालिमको समापन कार्यक्रमा नेकपा एमाले संखुवासभा जिल्ला अध्यक्ष जीतबहादुर घिमिरेको प्रमुख आतिथ्यता रहेको थियो ।

तालिमको सहजिकरण नेपाल प्रेस इन्स्टिच्युटका प्रशिक्षक यज्ञ शर्मा, नेपाल पत्रकार महासंघ प्रदेश १ का सचिव देवेन्द्र कार्की र प्रेस चौतारी नेपाल प्रदेश १ का अध्यक्ष अभिजाल विष्टले गर्नु भएको थियो ।
तालिममा १० वटा पालिकाहरुबाट ३४ जना नयाँ पुराना पत्रकारहरुले सहभागिता जनाउनु भएको थियो । तालिममा आमसञ्चारका विषय, विकास पत्रकारीताका आयम, अवधारणा, अनलाईन पत्रकारिता, स्थानीय तहका मुद्धाहरुबारे छलफल गरिने प्रमुख प्रशिक्षक यज्ञ शर्माले जानकारी दिनु भयो ।
स्थानीय तहका विकासका मुद्धाहरुमा पत्रकारहरुलाई लेख्न उत्साह प्रदान गर्न तालिमको आयोजना गरिएको प्रेस चौतारी नेपाल संखुवासभाको अध्यक्ष प्रेम निरौलाले जानकारी दिनु भयो ।



















