काठमाडौं, १७ साउन। कञ्चनपुरको भीमदत्त नगरपालिका–३ सुभप्रभात टोलका लुटपाटमा संलग्न दुई भारतीय पक्राउ परेका छन् । प्रहरीका अनुसार पक्राउ पर्नेमा सन्नी भनिने सेरा जाट र साहिल शर्मा छन् ।

प्रहरी नायब उपरीक्षक (डिएसपी) चक्रबहादुर शाहका अनुसार जाट र शर्माले भिमदत्त–३ का सन्तोष पाण्डेयको घरका सबै पाँचै जनालाई नशालु पदार्थ मिसाइएको वर्थ डे केक खुवाएर बेहोस बनाएका थिए ।परिवारै बेहोस भएपछि उनीहरु नगद, गरगहना, मोबाइल, ल्यापटपलगायत सामग्री लुटेर भागेका थिए । घरमा कोठा भाडामा बस्ने उनीहरुले २०७८ माघ २१ मा जन्म दिन भन्दै केक दिएपछि पाण्डेय परिवारले आएको प्रहरीले जनाएको छ ।उक्त घटनाको छानबिन गर्दा प्रहरीले धेरै हैरानी खेप्नु परेको थियो ।

तर, घटनाको ६ महिनापछि उनीहरु दुवै डकैती आरोपमा पक्राउ परी कैलाली जिल्ला कारागारमा रहेको जानकारी पाएपछि अनुसन्धानका लागि सोमबार कञ्चनपुर प्रहरीमा झिकाइएको डिएसपी शाहले बताउनुभयो ।