काठमाडाैं,१७ भदौ । गठबन्धन सरकारले डिजेल र मट्टीतेलकाे भाउ बढाएकाे छ । नेपाल आयल निगम लिमिटेडले बिहीबार रातिबाट लागू हुने गरी डिजेल र मट्टीतेलको भाउ प्रतिलिटर ६ रुपैयाँ बढाएकाे हाे । नयाँ मूल्य अनुसार डिजेल र मट्टीतेलकाे भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ ।
मट्टीतेलकाे भाउ प्रतिलिटर १ सय ७८ रुपैयाँ प्रतिलिटर पुगेको निगमले जनाएको छ । पेट्रोलको भाउ भने १८१ रुपैयाँ प्रतिलिटर नै कायम राखिएको छ । हवाई इन्धन (आन्तरिक) को १९०, हवाई इन्धन (बाह्य) को प्रतिलिटर १.६४५ अमेरिकी डलर र एलपी ग्यासको भाउ प्रतिसिलिण्डर १८ सय रुपैयाँ यथावत रहेकाे निगमले जनाएकाे छ ।
रतीय आयल कर्पोरेसनबाट पछिल्लो समय लगातार ३ पटक मूल्य घटेर आउँदा मूल्य समायोजन नगरेकाे निगमले बिहीबार मूल्य बढेर आउनासाथ भाउ बढाएको हो । आइओसीले बिहीबार पठाएको नयाँ मूल्य अनुसार पेट्रोल १.३९ रुपैयाँ, डिजेल ६.१२ रुपैयाँ र हवाइ इन्धन ८.०१ रुपैयाँ बढेर आएको थियो ।
.jpg)




















