✍️ रामप्रसाद रिजाल 

विधार्थीकाल देखि नै अविचलित भई कम्युनिस्ट राजनीति मा लाग्ने आदरणीय कमरेड भानुभक्त ढकाल एक शालिन तथा ईमानदार नेता हुनहुन्छ ।धेरै नबोल्ने चाहिंदो कुरा मात्र बोल्न रुचाउने उहाँ नेकपा हुदा पार्टी को हितमा र राजनेता केपी शर्मा ओलीको सारथीको रूपमा सरकारमा सहभागिता जनाउनु भयो ।मन्त्री हुदा पनि साधारण मानिस जस्तो देखिने ढकाल युवा पुस्ताका लोकप्रिय नेता हुन । नेकपा एमाले मोरङ क्षेत्र नं ३ समन्वय कमिटीले प्रतिनिधिसभा सदस्यमा सर्वसम्मत एकमात्र नाम पठाउने निर्णय स्वागतयोग्य र उदाहरणीय छ। संविधान र संहिता(मुलुकी ऐन) लाई सर्वसम्मत रूपमा दुवै सदनहरूबाट पारित गराउन सफल,बैचारिक नेता भानुभक्त ढकाल नै यसकारण उक्त क्षेत्र अर्थात् मोरङ क्षेत्र नं ३ को लागि बिकल्प छैन ।

भष्टाचारको मुद्धामा अनावश्यक विपक्षीहरूले भद्दा आरोप लगाए पनि स्वच्छ छविका ढकालले डटेर सामना गर्नु भयो र अहिले कांग्रेस नेतृत्वमा गठबन्धन सरकारमा छ' यदी उहाँ दोषी भए किन परमादेशी गठबन्धन सरकारले कार्वाही गर्न सकेन ? यस्ता मिथ्या आरोप लागाएर कसैको राजनिती चरित्रमाथि खेलवाड गर्ने अधिकार कसैलाई छैन । त्यसैले निर्दोष हुनुहुन्थ्यो नेता ढकाल । केपी शर्मा ओली प्रधानमन्त्री भए दोस्रो चोटी राष्ट्रवादी छवि बनाउनु भएका ओलीको लोकप्रियता देखेर त्यसबेला नेकपा हुदाँ पार्टी कै नेताहरू प्रचण्ड र माधव नेपाल खुलेर राजनेता ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष बाट हटाउन लागे प्रधानमन्त्री ओलीलाई नेकपा हुदाँ प्रचण्ड र माकुने नामका भस्मासुरहरूले हटाउन नसके पछि पार्टी नै धुजा धुजा बनाएर आफ्नै पार्टी को सरकार ढालेर कांग्रेस लाई सरकार को नेतृत्व दिने लाल गद्दारहरु ले त्यसबेला विपक्ष स़ँग मिलेर अहिलेका एमाले अध्यक्ष ओली लगाएत एमालेका अन्य नेताहरू लाई लगाएको भ्रष्टाचार आरोप मिथ्या हो । यसकारण मोरङ क्षेत्र ३ मा भानुभक्त ढकालको बिकल्प छैन ।

नेकपा एमालेका स्थायी कमिटी सदस्य समेत रहनु भएको नेता भानुभक्त ढकाल मोरङमा मात्र होइन राष्ट्कै लोकप्रिय नेता हुनु हुन्छ । उहाँ मन्त्री हुदाँ कोरोना को बेलामा पनि ज्यानको बाजी मारेर नेपाली जनताको लागि सेवा गर्नु भयो । मोरङ को ३ नम्बर क्षेत्रमा ढकालले जिते पछि विकास कै लहर ल्याएको वहा़कै क्षेत्रका वासिन्दाहरुको भनाई रहेको छ ।

टिकट पाए जित्छु । नपाए जिताउछु । अभियानमा सबैजना लाग्नुपर्छ । अहिलेनै घोषणा गरुन् पार्टी प्रति गद्दारी गर्दिन भनेर !! हामी सबै पार्टी का सिपाही हरू अन्तरआत्मा देखि एकताबद्ध भएर लागौ भने हाम्रो पार्टी एमालेलाई सुविधाजनक बहुमत ल्याउन कुनै तागतले रोक्न सक्दैन । टिकट पाए जित्छु । नपाए जिताउछु । अभियानमा सबैजना लाग्नुपर्छ ।अहिलेनै घोषणा गरुन् पार्टी प्रति गद्दारी गर्दिन भनेर !! हामी सबै पार्टी का सिपाही हरू अन्तरआत्मा देखि एकताबद्ध भएर लागौ भने हाम्रो पार्टी एमालेलाई सुविधाजनक बहुमत ल्याउन कुनै तागतले रोक्न सक्दैन ।

पाट्टीको टिकट वितरण प्रणाली बांट पार्टीले टिकट दिएर उम्मेद्वार बनिसक्नु भएका सम्पूर्ण हाम्रो पार्टी नेकपा एमाले का उम्मेद्वार हरू जो सुकै उठे पनि अब उहांहरू हाम्रो पार्टी का साझा उम्मेद्धवार हरु हुन अब एमालेका उम्मेद्वार हरु हार्नु भनेको कोही व्यक्ति हार्नु होइन सिङ्गो एमाले पार्टी हार्नू हो लोकतंत्र हार्नु हो यो देशका न्यायप्रेमी जनता र मुलुक हार्नु हो ।

300579237_824802078893830_8159090008270332466_n (1)

लेखक : रामप्रसाद रिजाल नेकपा एमालेका युवा नेता हुन् । नेता रिजालको निजी विचार हो ।