✍️ योगेश दाहाल 

नेकपा एमालेका नेता भानुभक्त ढकालले  मोरङको  क्षेत्र नं -३ बाट निर्वाचित भएर कति चोटी यस क्षेत्रमा आउनु भयो ? कति वटा कार्यक्रम उद्घाटन गर्नु भयो ? कति पटक कार्यक्रममा दियो बाल्नु भयो कति पटक कार्यक्रममा रिविन काट्नु भयो ?  त्यो सरोकाको  विषय छैन त्यो क्षेत्र नं ३ को जनताले बुझ्नु जरुरी छैन, कार्यक्रम उद्घाटन को विषयमा मूल्यांकन गर्नु जरुरी छैन तर तपाईं हामी जस्तो एक सभ्य र आदर्श नागरिकले एक शिक्षित व्यक्तिले विकास र परिवर्तन प्रेमी जनताले बुझ्नु जरुरी छ भने भानुुभक्त ढकाल यस क्षेत्रबाट निर्वाचित भएर गएपछि संसद भवनमा यस क्षेत्रको समस्या कति चोटी उठाउनु भयो प्रतिनिधि सभामा यस क्षेत्रको समस्याको समाधानको विषयमा संघीय संसद भएर कति लागि पर्नु भयो यस क्षेत्रको विकासको लागि केन्द्रीय बजेट पार्न विनियोजन गर्न कति लागि पर्नु भयो र कतिपटक  केन्द्रको बजेट ल्याउनु भयो त्यो  हामी क्षेत्र नं -३ को जनताले बुझ्न जरुरी छ।

भानुभक्त ढकाल यस्तो एउटा विकास र परिवर्तन प्रेमी वैचारिक र निष्ठावान जनप्रतिनिधिहो जसले कार्यक्रमको उद्घाटन गरेर क्षेत्र नं ३ मा लोकप्रिय हुनु भन्दा यस क्षेत्रमा कसरी ठूलो रकम केन्द्रीय बजेट ल्याउन सक्छु भनेर व्यस्त हुनु भयो। त्यसैले उहाँले यस क्षेत्रको विकासको निमित्त खेलेको महत्वपूर्ण भूमिका बुझेर उहाँले गरेको कमलाई सच्चा सम्मान दिन सक्नु पर्छ । भानुभक्त ढकालले यस क्षेत्रको विकासको लागि दिनु भएको योगदान बाट हामी क्षेत्र न ३ को जनता कहिल्यै भानुभक्त ढकाल लाई बिर्सन सक्दैनौं। र अब आउँदै गरेको प्रतिनिधिसभाको निर्वाचनमा भानुभक्त ढकाल लाई जिताउन हामी मोरङ क्षेत्र नं ३ को सबै युवा एक भइसकेको छौं । र क्षेत्र नं -३ को सबै जनताले भानुभक्त ढकालको कामलाई बुझेर फेरि पनि सूर्य चिन्हमा मतदान गरेर जिताउन जरुरी छ।

278827872_10226039299516311_2479288723787777235_nनेपालको कानुन मन्त्री भएर भूमी ऐन ल्याएर भूमिहीन सुकुम्बासी जनतालाई जग्गा वितरण गर्ने कार्य सुरु गर्ने पूर्व मन्त्री भानुभक्त ढकालको यो महान काम बाट नेपाली जनता र विशेष गरी मोरङ  क्षेत्र नं ३ को जनता भानुभक्त ढकाल बाट कहिलै बिर्सनै  सक्दैनौ । अहिले जग्गाको पुर्जा वितरण कार्य मोरङ को कानेपोखरी गाउँपालिका बाट  ६२ जना भूमिहीन जनता लाई पुर्जा वितरण गरेर पुर्जा वितरण गर्ने कार्य सुरु भइसकेको छ । अब बिस्तारै देशै भरको जिल्ला र देशै भरको पालिकामा भूमिहीन सुकुम्बासी लाई पुर्जा वितरण कार्य वितरण गरेर सकिने छ।

  नेकपा एमालेका स्थायी कमिटी सदस्य भानुभक्त ढकाल यतिबेला मोरङ क्षेत्र नम्बर ३ बाट दोस्रो पटक चुनावी मैदान होमिदैँ हुनुहुन्छ । अघिल्लो निर्वाचनमा त्यस क्षेत्रबाट निर्वाचित हुँदै गर्दा उहाँले  सुकुम्बासीको समस्यालाई जोडदार रुपमा उठाउनु भएको थियो  । मोरङ ३ क्षेत्र स्थित  पथरी, कानेपोखरी, बेलबारी र सुन्दरहरैँचा लगायतको क्षेत्रमा यो समस्या वर्षौ पुरानो थियो । त्यहाँको सुकुम्बासी समस्यालाई पहिलोपटक मोरङबाट निर्वाचन लड्दै गर्दा भानुभक्तले नजिकबाट बुझ्नु भयो ।

यस क्षेत्रको झुपडीझुपडीमा छिरेर सुकुम्बासीको जीवनलाई राम्ररी बुझेका ढकालका लागि उनीहरुलाई जग्गा दिलाउने एउटा ठुलो सपना बन्यो । संसदमा छिर्दा होस् या सिंहदरबारमा उहाँले हरेक पटक यो कुरालाई सम्झिरहनु भयो  । उहाँ भन्नुहुन्छ " मैले कहिले पनि यो विषयलाई बिर्सिन  । ’

यही बीचमा उहाँ  कानुन मन्त्री बन्ने मौका समेत पाउनु भएको थियो  । सोही मौकामा उहाँले  भूमि ऐन ल्याउन महतवपूर्ण भूमिका खेल्नु भयो  । नेकपा एमालेका अध्यक्ष  केपी ओली नेतृत्वको सरकार छदैँ संसोधित भूमि ऐन २०७६ आयो । जुन ऐनले सुकुम्बासीलाई जग्गा दिने विषयलाई स्पष्टरुपमा किटान गरेको छ । २०७६ साल माघ २८ गते प्रमाणित भएको संसोधित भूमि ऐनको दफा १८ को ५२ (ख) मा भूमिहिन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने स्पष्ट व्यवस्था गरेको छ । यसले देशभरका सुकुम्बासीलाई जग्गा दिने वातावरण तयार भयो । यो अभियान सुरु भयो ।

नेकपा एमालेको सरकारले देवी ज्ञवलीको नेतृत्वमा देशैभर सुकुम्बासी समस्या समाधान आयोग बनायो र काम सुरु गर्यो । यसले जिल्ला जिल्लामा समस्या बुझेर लगत संकलन गर्यो र कानुनी प्रक्रिया पुरा गर्यो । यी सबै प्रक्रियामा एमालेका नेता र मन्त्रीको हैसियतले निरन्तररुपमा ढकाल लागिरहनु भयो  । यसले सुकुम्बासीहरुलाई पुर्जा वितरण गर्नै लाग्दा यो विघटन भयो । एमालेकै चर्को दबाबका बिच अर्को समिति बन्यो र काम सुरु भयो । मोरङमा मात्रै पनि पुर्जा वितरणको काम सुरु भएको छ । यसको जग बसाल्ने भानुभक्त ढकालनै हुनुहुन्छ  । त्यतिखेर बनेको मोरङ समितिले सबै काम सुरु गरेकाले नै अहिले जग्गा वितरणको काम सुरु भएको छ । अब यो अभियान रोकिँदैन र मोरङ ३ मा झन चल्ने वाला छ । त्यतिबेला बनेको समितिले राम्रो काम गरेका कारणनै डिपी राई बेलबारी र मोहनकुमार तुम्वापो पथरीको मेयरमा निर्वाचित हुनु भएको छ ।

ढकालले मेहनत गरेका कारण नै कानुन बन्ने र आयोग बन्ने वातावरण बनेको हो । त्यसैका कारण अहिले देशभरी लालपुर्जा बाडिँदै छ । त्यो मोरङमा पनि सुरुवात भएको छ । यसैका अभियानकर्ता पथरी र बेलबारीमा निर्वाचित हुँदै गर्दा त्यसको पहल गर्ने ढकाल अहिले पुन उम्मेदवार बन्नु भएको छ  ।

अहिले धेरै मानिसले कुरा नबुझी सुकुम्बासीको विषय उठाउन खोज्दैछन् । तर, मोरङ क्षेत्र नम्बर ३ मात्र होइन देशैभर सुकुम्बासीका लागि जग्गा दिन ढोका खोल्ने व्यक्ति भानुभक्त ढकाल हुन् ।’ सुकुम्बासीका लागि अब आउने कुनै पनि संसदले यत्तिको मेहनत गर्न सक्दैनन् ।

लेखक : सुकुना बहुमुखी क्याम्पस मोरङको  कक्षा १२ मा अध्यनरत बिधार्थी हुन् ।