विराटचोक,१८ असोज । नेकपा एमालेको भातृ संगठन राष्ट्रिय युवा संघ नेपाल मोरङको केराबारी गाउँ कमिटीले स्थानीय मुना मगरलाई बडा दसैँको अवसरमा घर उपहार दिएको छ ।
गत फागुन २८ गते भएको आगलागीमा परी घर जलेर नष्ट भएपछि उहाँ घरबार विहीन हुनुभएको थियो । मगरको घर जलेर नष्ट भएपछि युवा संघका नेता एवं हालका केराबारी गाउँ पालिका अध्यक्ष सुमन मिरिङचिङको नेतृत्वमा गएको टोलीले घर बनाईदिने बाचा गरेको थियो ।
करिब ५ लाख ५० हजार रुपैँया खर्च गरी युवा संघले मगरलाई चिटिक्क परेको ट्वाइलेट सहितको घर निर्माण गरिदिएको छ । नव निर्मित घर मगरलाई युवा संघले मंगलबार हस्तान्तरण गरेको हो । सामाजिक कार्यमा सक्रिय युवा संघ केराबारीले कोरोनाको महामारी भएको बेला गरिवको घरमा चुलो बाल्ने अभियान चलाएको थियो ।
त्यसैगरी गत फागुन २४ गते आगलागी अर्का पडित केराबारी ३ स्थित फुलबारी निवासी उदय विकको परिवारलाइ राहत स्वरुप खाध्यन्न तथा लत्ता कपडा सहयोग गरेको थियो ।





















