काठमाडौं,१९ असोज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिको हातबाट दशैंको टीका लगाउनुभएको छ । केही दिनदेखि गृह जिल्ला झापामा रहेका ओली बुधबार दिउँसो मात्र काठमाडौं आउनुभएको थियो । उहाँ पत्नी राधिका शाक्य र एमाले नेताहरुसहित शीतल निवास पुग्नुभएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले इच्छुक सर्वसाधरण तथा विशिष्टहरुलाई दशैंको टीका लगाइदिनुभएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र कामु प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले पनि राष्ट्रपतिसँग दशैंको टीका लगाउनुभएको छ ।

311012138_182527981002748_7420331584660275513_n

310081362_182528044336075_3029707484079215728_n