भेनेजुएलाको एक थुनुवा कक्षमा भएको भिडन्तमा कम्तीमा २९ बन्दीको मृत्यु भएको छ।

पोर्चुगुएसा राज्यको प्रहरी कार्यालयमा रहेको थुनुवा कक्षका बन्दीबीच आपसमा भिडन्त भएको हो। 

घटना क्रममा १९ प्रहरी अधिकारी घाइते भएका छन्। यो खबर आजको कान्तिपुरमा छापिएको छ। 

बन्दी अधिकारसम्बन्धी एक संस्थाका अनुसार बन्दी भेट्न आएका मानिसलाई एक समूहले नियन्त्रणमा लिएपछि दुई पक्षबीच झडप भएको हो।