इटहरी । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले आफ्नो ४० औ स्थापना दिवसको अवसर पारेर गरिएको रक्तदान कार्यक्रमबाट ३०३ प्रिन्ट रगत संकलन भएको छ ।
एकैदिन प्रदेश एक भरी गरिएको रक्तदानबाट सो परिमाणको रगत संकलन गरिएको हो । मजदुर संगठनले प्रदेश एकको इटहरी , धरान , बिराटनगर , दमक , बिर्तामोड , चारआली लगायतका सहरहरूमा गरेको रक्तदानबाट ३०३ प्रिन्ट रगत संकलन गरिएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका प्रदेश एक सचिव राजकुमार ढुंगेलले बताए ।
गर्मियामको समय संगै अस्पतालहरूमा बिरामिको चाप बढेकोले जतिबेला पनि रगत अभाव हुन सक्ने र तत्कालिन अवस्थामा रगतको अभाव टार्न मजदुर संगठनले ४० औ स्थापना दिवशकै अवसर पारेर रक्तदानका कार्यक्रम आयोजना गरेको प्रदेश सचिव ढुंगेलले बताए ।
यता सुनसरीको इटहरीमा भएको रक्तदानबाट २१ प्रिन्ट रगत संकलन भएको नेपाल यातायात स्वतन्त्र मजदुर संगठन इटहरीका सचिव धनबहादुर कटुवालले बताए ।


