बेलबारी,१३ कात्तिक । मोरङ ३ बाट प्रतिनिधि सभाका उम्मेदवार भानुभक्त ढकालले छैठ पर्वको अवसरमा शुभकामना व्याक्त गरेका छन् । आइतबार बेलबारीको लोहान्द्रा खोलाको छठ घाटमा पुगेर भक्तजनहरुलाई शुभकामना व्याक्त गरेका हुन । नेकपा एमालेको स्थायी कमिटी सदस्य समेत रहेका नेता ढकालले सूर्यसहित छठी माताको पूजा आराधना एवं अर्घ्यदान गरेका छन् ।
नेता ढकाल संगै मोरङ ३ बाट प्रदेशसभा ख का उम्मेदवार ज्ञानेन्द्रप्रसाद सुवेदीले पनि शुभकामना व्याक्त गरेका छन् । छठ पर्वको अन्तिम दिन सोमबार विभिन्न छठ घाटमा नेता ढकालले प्रसाद ग्रहण गर्ने कार्यक्रम रहेको छ । छठ पर्वको मुख्य दिन आइतबार छठघाट बनाएर छठी माताको पूजा गरी अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ ।
स्थानिय वासिन्दाहरुको जलासयमा बाक्लो उपस्थिति रहेको थियो भने उनीहरुले आफ्नो छठ घाट झकिझकाउ बनाएर सजाएका थिए । प्रत्येक वर्ष कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व नेपालको विभिन्न ठाउहरुमा भव्य रुपमा मनाइन्छ । जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ । नेपालका जलासयहरुमा वर्षेनी छठ मनाउनेको संख्या बढ्दै गएको देखिन्छ ।



















